मागको तुलनामा उत्पादन ज्यादै कम भएका कारणले आज हामी दैनिक १६ घण्टा सम्म लोड सेडिङ (Black Out) मा बस्न बाध्य भएका छौं । देशमा हाल विद्युत कमी राष्ट्रिय संकटको रुपमा रहेको छ । प्रत्येक वर्ष नयाँ विद्युत गृह बाट थपिने विद्युत उत्पादन भन्दा मागको बृद्धि अधिक छ । दैनिक यति लामो समयसम्मको विद्युत कटौतीले हाम्रा दैनिक कृयाकलापमा श्रृजना भएका असुविधाले हामी सबैलाई विद्युत शक्तिको महत्व र यसको सही सदुपयोगकॊ महसुस भएकै हुनुपर्दछ । विद्युत उत्पादन एउटा लामो प्रकृया हो । हामी अझै वर्षौँसम्म यस्तै अवस्थाबाट गुजि्रनुपर्ने यथार्थ हाम्रो सामु छँदै छ । यस्तो अवस्थामा हरेक उपभोक्ताहरुले आफ्नो विद्युत खपत घटाउनु आफ्नो कर्तव्यको रुपमा लिनु पर्दछ । बैकल्पिक उर्जाबाट गर्न सकिने कामलाई सकेसम्म विद्युत प्रयोग नगरी विद्युतमाथिको निर्भरतामा कमी ल्याउनुको साथै High Efficciency भएका उपकरणहरु CFL, LED Lamp प्रयोग गर्नु आजको आवश्यकता र कर्तव्य हो विद्युत शक्तिको खपत कम गर्नु र सदुपयोग गर्नुको अर्थ हामी आफैंले आफैंलाई सहयोग गर्नु हो ।
यस्तो विषम अवस्थामा पनि उपलब्ध विद्युत शक्ति (Available Energy) लाई लोडसेडिङ विना नै समानुपातिक रुपमा वितरण गरी विद्युतको न्यूनतम तथा आधारभूत आवश्यकता पुरा गर्ने गरी वितरण प्रणालीको विकाशको लागि यस टेक्नोलोजी सेल्स प्रा लि विगत २ वर्षदेखी विभिन्न अध्ययन अनुसन्धान गरिरहेको कुरा यहाँहरुलाई अवगतै छ । उक्त प्रविधिको प्रयोगको लागि Application Model तयार गर्ने क्रममा हामी यहाँको घरदैलोमा आई माग र खपतको बारेमा सर्भे पनि सम्पन्न गरिसकेका छौं । उक्त सर्भेमा सहभागी भई यहाँहरुले आफ्नो समय तथा आवश्यक सूचना उपलब्ध गराईदिनु भएकॊमा हामी यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौ । हाल यो प्रविधि लाई यस कुलेश्वर अवास फिडर नं। १००-१ मा Apply गर्नकोलागि यहाँहरुसँग छलफल गरी उपभोक्ता समिति गठन गर्न निम्न मिति र स्थानमा छलफल कार्यक्रम राखिएको हुँदा उक्त समयमा यहाँको उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं ।
विश्वमा नै पहिलो पटक प्रयोग हुन गइरहेको यस प्रविधि जसलाई हामीले Priority Based Electrical Energy Distribution System नामाकरण गरेका छौं । उक्त प्रविधिको बारेमा यहाँहरुविच पैदा भएका जिज्ञासाहरुको जवाफ यसमा समावेश गरिएको छ र उक्त प्रविधि २०६५ माघ ११ गते शनिवार प्रदर्शन समेत गरिने भएकोले यहाँको उपस्थिती को लागि अनुरोध गर्दछौं ।
Frequently Asked Questions (FAQ):
१। Priority Based Electrical Energy Distribution System के हो ?
विद्युत उपभोग तथा उपभोगसमयका आधारमा उपभोक्ताहरुलाई विभिन्न समूह हरुमा विभाजन गर्न सकिन्छ जस्तैः House Hold, Industry, Hospitals, Public Utility Sectors आदि । त्यसैले एउटै फिडरअन्तरगतका विद्युत प्रयोगकर्तासमुहहरुको विद्युत मागको समय फरक फरक हुने गर्दछ जस्तै Household को लागि विहान बेलुका माग बढि हुन्छ भने कार्यालयको खपत दिउसोको समयमा रहेको हुन्छ त्यस्तै उद्योगहरुको आफ्नै मागको समय रहेको हुन्छ तर हाल विश्वभरि प्रचलित विद्युत वितरण प्रणालीमा यी सबै प्रकारका विद्युत प्रयोगकर्तासमूहहरु एकै फिडरमा रहेका कारण विद्युत कमी (Energy Deficit) को अवस्थामा विभिन्न फिडरहरुको Rolling Power Cut लोड सेडिङ गरी ग्रीडमा (Grid) उत्पादन र खपतको संतुलन (Generation and Consumption Matching) गराउदा संपूर्ण विद्युत ग्राहकहरुलाई असर परिरहेको छ । किनकि विद्युत उपलब्ध हुँदाको समय कुनै समुहलाई अनुकूल तथा कुनै समूहलाई अनुकूल नहुन सक्छ ।
Public Utility Sector मा हुने विद्युत कटौति ले आधुनिक शहरी जिवन शैलीलाई झनै कष्टप्रद बनाएको छ । कम्प्युटर टिभि एफ एम खानेपानी मोबाइल फोन हस्पिटल पत्रपत्रिका सरकारी कामकाज बैंक तथा फाइनान्स विद्यार्थीको पढाई आदि जस्ता क्षेत्रहरु नराम्ररी प्रभावित भएका छन् । यसले श्रृजना गरेका प्रभावहरुको असरहरु आउँदा धेरै वर्ष सम्म देखिरहने छ । Energy Deficit को अवस्थामा विद्युत उपभोक्तासमूहहरुलाई जे जति विद्युत शक्ति दिन सकिन्छ उनीहरुकै आवश्यक समयमा नै दिने प्रणलीको आवश्यकता महसुस गरी यस (Priority Based Electrical Energy Distribution System) प्रविधि विकाश गरिएको हो ।
नयाँ प्रविधिबाट Household ग्राहक समूहमा बिहान बेलुकाको समयमा दिउसो र राती भन्दा बढि विद्युत शक्ति खपत गर्न सक्ने गरी दिन सकिन्छ भने उक्त समयमा उद्योगहरुमा बत्तिको मात्र आवश्यकता पूरा गर्ने गरी विद्युत शक्ति प्रदान गर्न सकिन्छ उद्योगलाई निश्चित दिन तथा निश्चित समयमा उद्योग संचालन गर्ने विद्युत शक्ति उपलब्ध गराउन सकिने छ अर्थात उद्योगीहरुले माग गरेजस्तै Separate Feeder को सुविधा देशभरी छरिएर रहेका उद्योगहरुले लिन सक्नेछन् जसले गर्दा उद्योगहरुको संचालन अवधि नियमित तथा भरपर्दो हुनेछ । उद्योगहरुलाई हप्तामा कति घण्टा समय विद्युत आपूर्ति गर्ने भन्ने समयको निर्धारण विद्युत प्राधिकरणले विद्युत उत्पादन र मागको आधारमा गर्न सक्ने छ । त्यस्तै एउटैै फिडरमा रहेका खानेपानी टेलिफोन हस्पिटल जस्ता Public Utility Sectors हरुमा आवश्यक क्षमतामा २४सै घण्टा विद्युत आपूर्ति गर्न सकिन्छ ।
२। यसले कसरी काम गर्छ
हरेक ग्राहकको विद्युत मिटरमा एक संयन्त्र जडान गरिन्छ जसको माध्यमबाट विद्युत शक्ति कम भएको अवस्थामा विद्युत प्रयोगकर्तालाई लोड सेडिङ Power Cut को साटो साविक भन्दा केहि कम शक्ति प्रयोग गर्न सक्ने गरी नयाँ विद्युत परिपथ निर्माण गरी विद्युत आपूर्ति गरिन्छ उक्त समयमा ग्राहकले आफ्नो आवश्यकताको आधारमा आफ्नो प्राथमिकता निर्धारण गरी उपकरणहरु प्रयोग गर्न सक्नेछन् ।
३। यो प्रविधि प्रयोग गर्दा बिजुलीको बिल बढ्छ कि
यस प्रविधिको प्रयोग गर्दा प्रविधि प्रयोगको कारणले विजुलीको विलमा कुनै बृद्धि हुँदैन ।